नेकपा अछामको अध्यक्षमा कुँवर

नेकपा अछामको अध्यक्षमा कुँवर

अछाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अछामको अध्यक्षमा शेर बहादुर कुँवर चयन भएका छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको एकतापश्चात बनेको नेकपाको अछाम जिल्ला अध्यक्षमा कुँवर र सचिवमा झपट साउदले जिम्मेवारी पाएका हुन् ।

गत जेठ ३ गते भएको पार्टी एकतापश्चात नेकपाले लामो समयपछि जिल्ला स्तरीय पार्टी नेतृत्वको टुंगो लगाएको हो ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्लाको अध्यक्ष र सहअध्यक्षको टुंगो लगाएर नेकपाको ७० औं स्थापना दिवसको अवसरमा सोमबार सार्वजनिक गरेको हो ।

७७ जिल्ला मध्ये पूर्व एमालेबाट ४४ र पूर्व माओवादी केन्द्रबाट ३३ जिल्लामा मुख्य नेतृत्व पाएका छन् । जसमध्ये सुदूरपश्चिममा डोटी, कैलाली, अछाम, बैतडी र बाजुरा जिल्लामा तत्कालिन एमालेले अध्यक्ष पाएको छ भने कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङ जिल्लामा तत्कालिन माओवादीले अध्यक्षको जिम्मेवारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *