नेपालीलाई ल्याउन फागुन ३ गते वाइड बडी चीन जाने

Malika

२७ माघ, काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् ।

कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ ।

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकै दिन १०८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १०१८ पुग्यो : कोरोना भाइरसको प्रकोप बढ्यो

काठमाडौँ । पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट हालसम्म एक हजार १६ जनाको ज्यान गएको छ । सोमबार मात्रै चीनमा एक सय ८ जनाले ज्यान गुमाएको र २ हजार ४ सय ६७ जना जना संक्रमित फेला परेको चाइना डेलीले जनाएको छ । मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरस संक्रमितको संख्या […]

Subscribe US Now