एकै दिन १०८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १०१८ पुग्यो : कोरोना भाइरसको प्रकोप बढ्यो

Malika

काठमाडौँ । पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट हालसम्म एक हजार १६ जनाको ज्यान गएको छ । सोमबार मात्रै चीनमा एक सय ८ जनाले ज्यान गुमाएको र २ हजार ४ सय ६७ जना जना संक्रमित फेला परेको चाइना डेलीले जनाएको छ ।

मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको छ। चीन बाहेक फिलिपिन्स र हङकङमा कोरोना भाइरसबाट एक, एक जनाले ज्यान गुमाएका छन् भने चीनमा एक अमेरिकी र एक जाप्निज नागरिककको मृत्यु भएको छ ।

चीनमा सो भाइरसबाट फेबु्वरी ३ मा ६४, फेबु्रवरी ४ मा ६६, फेबु्रवरी ५ र ६ मा ७३, ७३, फेबु्रवरी ७ मा ८६ तथा फेब्रुवरी ८ मा ८९, फेबु्रवरी ९ मा ९७ र १० मा १०८ जनाको ज्यान गएको छ।

चीन बाहिर ४० देशमा कोरोना भाइरसको प्रकोप देखिएको र उक्त भाइरसबाट ५ सयबढी मानिस संक्रमित भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । यस्तै चीनपछि जापानमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ । जापानमा हालसम्म एक सय ६१ जना संक्रमित फेला परेका छन् ।

भारतको केरलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म केरलामा ३४ जनालाई अस्पताल भर्ना गरिएको र ३ हजार २५२ जना निगरानिमा राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस्तै नेपाल सरकारले चीनमा रहेका मध्ये नेपाल आउन चाहेका एक सय ८० जना नेपालीलाई नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी फागुन ३ गते नेपालीलाई लिन वायु सेवा निगमका विमान पठाउने सरकारको तयारी छ ।

चीनबाट उद्धार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ । उक्त स्थानमा प्राधिकरणका ४ भवन खाली गराईएको छ ।

चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले स्वदेश फर्काएर खरिपाटीस्थित प्राधिकरणमा राख्ने तयारी गरेपछि त्यसको समाचार सङ्कलनका लागि खरिपाटी पुगेका सञ्चारकर्मीलाई सोमबारदेखि मूलगेटबाटै प्रवेशमा रोक लगाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गृहमन्त्रीका गार्डको गोली लागेकी झापाली पत्रकारलाई चार लाख क्षतिपूर्ति

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा झापा जाँदा अकास्मात चलेको गोली लागेर घाइते भएकी पत्रकार सुनिरा मैनालीलाई गृहमन्त्र कै प्रस्तावमा मन्त्रिपरिषद बैठकले क्षतिपूर्ति दिने निर्णय गरेको छ। २०७५ साल फागुन १ गते गृहमन्त्री थापाको झापा भ्रमणका क्रममा गृहमन्त्री थापाका सुरक्षाकर्मीले बोकेको शटगनबाट अचानक गोली लाग्दा पत्रकार सुनिरा मैनाली घाइते भएकी थिइन्। उनको […]

Subscribe US Now