फागुन १५ मा प्रियंका-आयुष्मानको बिहे पक्का

Malika

गएको तीन वर्षदेखि प्रेममा रहेका नेपाली फिल्मका ‘लभ बर्डस्’ अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति टुंगो लागेको छ ।

गएको महिना उनीहरु फागुन १७ गते बैबाहिक जीवनमा बाँधिन लागेको खबर बाहिरिएको थियो । तर, ज्योतिषले विवाहका लागि फागुन १५ गते शुभ हुने बताएपछि अब उनीहरुले यही मितिमा लगनगाँठो कस्ने भएका छन् ।

शुक्रवार प्रणय दिवसको अवसर पारेर अभिनेत्री प्रियंकाले इन्स्टाग्राम स्टोरीमा एक तस्विर राख्दै आफ्नो विवाहको मिति सार्वजनिक गरिन् । तस्विरमा एक बालकले हातमा खरीपाटी बोकेका छन् र त्यसमा लेखिएको छ, ‘सेभ द डेट २०२० फेब्रअरी २७ (नेपाली मिति २०७६ साल फागुन १५ गते) ।’ तस्विरको पृष्ठभूमिमा प्रियंका र आयुष्मान एकअर्कालाई चुम्बन गर्दै देखिएका छन् ।

दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरु यही वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह सरेको थियो । असारमा विवाह नभएपछि प्रियंकाले यस वर्ष बिहे नहुने बताउँदै आएकी थिइन् । तर, हालै आफ्ना साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि प्रियंकाले यही फागुनमा विवाह गर्न लागेको चर्चा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुई अध्यक्षको उपस्थितिमा नेकपाले फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद स्मृतिसभा गर्ने

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आगामी फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद ४७औं स्मृति तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । भद्रपुरबाट जेल सार्ने बहानामा झापा र इलामको सिमाना सुखानीको जंगलमा तत्कालीन राजनीतिक बन्दीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल र विरेन राजवंशीको २०२९ फागुन २१ […]

Subscribe US Now