सिन्धुपाल्चोकका बिरामीलाई कोरोनाभाइरस संक्रमण नभएको पुष्टि

Malika

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा फैलिएको संक्रमण कोरोनाभाइरस नभएको पुष्टि भएको छ । केही दिनअघि यहाँ एक्कासी ठूलो संख्यामा रुघाखोकी र ज्वरोका बिरामी भेटिएपछि उनीहरुलाई कोरोनाभाइरसको संक्रमण भएको हुन सक्ने आशंका गरिएको थियो । २ सय जनाभन्दा बढी एकैपटक बिरामी भएका थिए ।

जुगल गाउँपालिकाको वडा नम्बर ३ गुम्बागाउँका बिरामीहरु अब निको हुन थालेका छन् । यहाँबाट संकलन गरिएको २५ जना बिरामीको नमूना परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण नभेटिएको हो । गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि गाउँपालिकाले कोरोना संक्रमणको आशंका गरेर थप परीक्षण र उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको थियो । गाउँमा रुघाखोकीका बिरामी घटिरहेका छन् र यसअघिका बिरामी निको हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना भाइरसले २०२० लाई असर गर्‍यो- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य पुरा नहुने संकेत देखिएको बताएका छन्। प्रतिनिधि सभामा सरकारको दुई वर्षको उपलब्धी सार्वजनिक गर्दै उनले चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण भिजिट नेपाल २०२० मा असर पुग्ने बताए। कोराना भाइरसले अन्तराष्ट्रिय स्तरमै प्रभाव पारेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘छिमेकी राष्ट्र […]

Subscribe US Now