मेची अंचल अस्पतालले गर्यो कोरोना भाइरस संक्रमण रोक्ने तयारी

Malika

चैत्र ३ गते झापा । मेची अंचल अस्पतालले कोरोना भाइरस ( कोविड-१९ ) संक्रमण रोक्न तयारी सुरु गरेको छ । आज जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको व्यवस्थापक समिति तथा डाक्टरहरुको वैठकले उक्त तयारीका विषयमा यस्ता निर्णयहरु पारित गरेको हो । मुलुकका अन्य जिल्ला भन्दा झापा उच्च जोखिममा रहेको भन्दै संभावित जोखिमको लागी तयारी रहन तत्कालीन र दीर्घकालीन उदेश्य राखेर अस्पतालले काम थालनी गर्ने भएको हो ।

बुधाबार देखि लागु हुने गरेर अस्पताल हातामा प्रबेस गर्ने जो-कोहीलाई पनि साबुन पानीले हात धुने व्यवस्था मिलाउने । अस्थाई हेल्प डेस्क तयार गरी हरेक बिरामीको स्वास्थ स्थिति चेक-जांच गर्ने । कोरोना संक्रमणको आशंका भएमा छुट्टै आईसोलेसनमा राखी दक्ष्य चिकित्सक द्वारा नमुना संकलन गरी केन्द्रिय प्रयोग सालामा पठाउने व्यवस्था मिलाउने । तत्काललाई सर्जरी वार्डलाई २ वटा आईसीयु सहितको कक्ष निर्माण गर्ने र भविष्यमा अर्को भवनमा अत्याधुनिक सुविधा सम्पन्न २ भेंटीलेटर सहितको आईसीयु निर्माण गर्ने निर्णय भएको हो ।

उक्त वैठकबाट अस्पतालमा जथाभावी भिड जम्मा हुन नदिन अस्पताल हाता बाहिरनै पार्किङ्को व्यवस्था मिलाउने तथा बिरामी कुरुवा र बिरामी बाहेक अन्यलाई अस्पताल प्रबेसमा रोक्नलगाई उच्च सतर्कता अपनाउने जस्ता महत्व पूर्ण निर्णयहरु भएका छन् । कोरोना संक्रमणबाट बच्न अस्पतालमा चाहीने उपकरण तथा सामग्री उपलब्ध भई सकेको भन्दै त्रासको कारणले अस्पतालमा असामान्य भिड हुन थालेको र यसले गर्दा अस्पातलबाटै अन्य व्यक्तिमा सर्ने जोखिमलाई मुख्य ध्यानमा राखेर यस्तो निर्णय गरेको श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ग्यास भित्रिने मुख्य नाकामै ग्यास अभाव

समय चर्किँदै गएको घामको प्रवाह नगरी वीरगञ्ज छपकैयाकी सञ्जुदवी ग्यासको लाइनमा बसेको भेटिइन् ।छपकैयाबाट ग्यास लिनका लागि उनी पानीट्याङ्की आएकी थिइन् । नियमित ग्यास लिने पसलका सञ्चालकले ग्यास छैन भनेपछि उनी बिहीबार बिहान १० बजेदेखि नै पानीट्याङकी स्थित एक डिलर अगाडी लाइनमा बसेकी थिइन् । ‘सँधै लिने ठाउँमा ग्यास छैन […]

Subscribe US Now