कंगारु एजुकेशन फाण्डेशनद्वारा झापामा निशुल्क मास्क वितरण

Malika

चीनको वुहानबाट सुरु भएको कोरना भाइरस (कोभिड १९) विश्वभर महामारीको रुपमा फैलिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस हालसम्म नेपालमा देखा परेको छैन। कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालमा पनि कोरोना संक्रमण हुन सक्ने र रोकथामलाई मध्यनजर गर्दै झापाको बिर्तामोडमा स्थित कंगारु एजुकेशन फाण्डेशनले आज निशुल्क मास्क वितरण गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम नियन्त्रणका लागि र स्थानियहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै सामाजिक भावले मास्क वितरण र स्यानिटाइजर उपलब्द गराएको जनाइएको छ ।

कंगारु एजुकेशन फाण्डेशन विर्तामोडमा लोकप्रिय कन्सल्टेन्सीको रुपमा चर्चित छ जसले विदेशका पढ्न चाहाने विद्यार्थीहरुको डकुमेन्टेशन र आइएलटिएसको कक्षाहरु दिने गर्छ । यस्तो संस्थाले यसरी समाज सेव गर्नु उल्लेखिय रहेको छ । संस्थाले आज १००० थान मास्क वितरण गरको छ । कंगारु एजुकेशन फाण्डेशन पूर्वाञ्चलका एकेडेमी प्रमुख रोसन शाहले समाजको अवस्था बुझेर समाजसेवा गदै आएको र विगतमा पनि समाजको लागिधेरै कामहरु गर्दै आएको जानकारी दिए ।

साहले भने “कंगारु एजुकेशन फाण्डेशनको आफ्नो एउटा कर्पोरेसन सोसियल रेस्पोन्सीविलिटि सि एस आर र्पाट रहेको छ र यसै मार्फत विगतमा पनि धेरै कार्यक्रमहरु गर्दै आएका छौं । अहिले फैलिदै गरेको कोरोना भाइरस रोकथामकोलागी झापामा विभिन्न प्रयत्नहरु भई रहदा मास्क वितरण कार्यक्रम तथा कोभिड १९ का बारेमा जनचेतना जस्तै हात धुनु पर्छ, स्यानिटाइजर प्रयोग गर्नु पर्छ भन्दै स्यानिटाइजर पनि वितरण गरियो । ”

गत बर्ष कंगारु एजुकेशन फाण्डेशनले असाय बालबालिकाहरु, शक्तिपिठका बिद्यार्थीहरुलाई र बृदा आस्रमहरुलाइ १०/१० हजार रुपैँया सहयोग गरि सकेको छ । यो चोटि पनि सरकारले आफ्नो तर्फबाट काम गरी रहदा पनि आफूहरुले आफ्नो जिम्मेवारी स्वरुप लिई समाजलाई सर्तक बाउन पाउदा खुसी लागेको कंगारु एजुकेशन फाण्डेशनको टिमले बताएका छन् । “सरकारले आफ्नो तर्फबाट काम गरीरहेको छ । सबै कुरा सरकार ले नै गर्नु पर्छ भन्ने छैन, हामी पनि देशको जिम्मेवार नागरीक भएको कारणले आफ्नो कर्तव्य पुरा गरेका हौँ । कंगारुको प्रोफिट आरेन्टेशन ग्रुप मात्र नभएर र यसले समाजमा सेवामुलक कामहरु पनि गर्नेगरेको साहले बताए । उनले भने हामी विर्तामोडको केन्द्रमा छौँ, हामी बस्ने ठाउँ यहि हो र हामीले याहाँका मानिसहरुलाई सर्तक बनाउनै पर्छ भन्ने हाम्रो उदेश्य हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe US Now