कथा : क्वारेन्टाइन लभ – विद्या आचार्य (नोरा )

जिया ए जिया!!
का छे यो केटि ??
अघि देखि बोलाइराछु सुन्दिन त यो…
फेरि त्यस्को ठाडो कानमा कोच्या रैछे, ए जिए😠😠
आमाले कानको एयरफोन तान्दिए पछि थाहा पाए अघि बाट मलाइ गाली गर्नु हुदै रैछ😆😆मलाइ बाल मैले केहि सुनेको भए पो ।
म: ह्या के भो के बुडि माउ कति गालि मात्र गर्छौ, बुडाको घर गए पछि पिल पिल गर्दै फोन गर्नु पर्दा चाल पाउछ्यौ🙄🙄🙄🙄 ..
आमा: वर को सिन्को पर नि सार्न नजान्ने यस्तीलाई कस्ले लैजाला र बरै🙏🙏। भोली देखी लकडाउन हुने भन्ने कुरो छ रे अघि तेरा बा ले फोन गर्नु भा थियो, पसल गएर अलि दिनका लागी सरसामान ल्याउनु भन्नु हुदै थियो धेरै दिन बन्द भो भने त तै हन्तकालीलाई के खान दिने हो र??🤔🤔तै भएर सामान बोक्न सगाउलिस हिड भन्नलाई बोलाको यो हड्डी कोच्या रैछेस काना अनि का सुन्थिस 🤨🤨


म : ह्या आमै एक छिन गित सुन्दा नि कति कच कच हौ । अनि साच्चै धेरै दिनका लागी हो रे र?? हिड्नु न त जाम म तिम्रो भरिया छदैछु त्😏😏
फतफताउदै आमा छोरी पसल तिर लाग्यौं
आज त लकडाउन भको नि ४ दिन भैसकेछ । ४ दिन नि ४ बर्ष जस्तो लाई सको, चट्पटे र पानीपुरि को याद ले मर्छु जस्तो बनाइ सको😭😭 काम नि केहि गर्न जागर छैन हुन त म का अरु बेला नि काम गर्थे र 😆😆 जति बेलै टिकटक, फेसबुक, म्यासेन्जर अनि गाना 🙃🙃
दिक्क लाग्नलाई नि दिक्क लाइ सको😅😅
बोल्नलाइ कोहि नया साथी नि छैनन पुरानालाइ Dare game र ludo बाट फुर्सद भको भए पो🙄🙄🙄
टिकटक पछि को ब्रेक पछि फेसबुक खोले नभन्दै दैबले नै सुनै झै ११/१२ सय को हुलमा थपिन अर्को एउटा फ्रेन्ड रिक्वेस्ट आ रैछ, केटो को🙈🙈
प्रोफाइलमा रहेको उस्को फोटोले यति मज्जाले तान्यो कि आत्तीएर delete बटन थिचेछु ☹️☹️ थुइया ….. धन्न नाम याद भैसकेछ राम खनाल😜😜
School पढ्दा नेपालिका सरले “राम भात खान्छ” भन्दा भन्दा अघाइसकेको म यो रामले भने मलाई सिता पछि लागेर बनबास जाने रामको झै आभास दिलायो😍😍
हत्तपत्त search मा गएर टाइप गरे राम खनाल 🤗🤗 उफ धन्न मोरो सुरुमै तेहि हासो लिएर आयो😋😋 अब अर्को दुबिधा सुरु भको गर्ने के?? अगि आफैले delete गरि पठाएको मान्छेलाई अब आफैले add गर्दा के भन्ला ?? रिसाइ सक्यो कि? फेरि केटि भएर के add पनि गर्नु?? ह्या जे पो सोचोस उसैले add गरेकै थियो केरे सुरुमा add गर्छु मोरोलाई 🤔🤔🤔 भगवानले पनि १४ दिने आइसोलेसन मै बसेर बनाएछन् कि के हो पड्केलाई 😌😌 हुन त आजकाल क्यामेरा राम्रो भए गधा नि बाघ नै देखिन्छ हौ 🤣🤣 ह्या जे पो होस कोन्सा जुनि नै काट्नु छर 🤔🤔मलाई यो सङ्ग सोच्दै एड गरे 😊😊 आखा झिमिक नपार्दै नोटिफिकेसन देखायो यता मेरो मुटुले आफ्नो तेज बद्लियो हत्तपत्त ओपन गरे 😳😳थुइया👹👹 फेरि एउटिले ludo को invite पठाकी रैछे
मन मनै गाली दिए जिमु 😠😠
एक छिन आफै सङ्ग हासो नि लायो why so excited जिया 😅😅 आमाले भाडा माझ है भनेको याद आयो बुडिमाउको गाली नि याद आइसक्यो हत्तपत्त फोन चार्जमा लाएर भाडा माझ्न गए 😊😊 काम सकेर फेरि तै फोन चलाउन लाको म्यासेज टिङ्ग गर्यो यसो हेरेको उहि राम कै रैछ म्यासेज : 😂😂😂😂😂😂😂
यत्ती? एकै छिन रिस नि उठ्यो अनि लाज पनि तैनि सोधे किन दात देखाको?? मेरो दात राम्रा छन अनि😁😁 जवाफ यस्तो आयो 😏😏😏 अब के भन्नु के भयो नबोली बस्न नि सकिन सोधे : भन्नु न किन हाँस्नु भको??
राम: delete गर्दै फेरि add ??😂😂
अब पर्यो फसाद🤨🤨 के भन्ने होला, ह्या जे हो तै भन्दिन्छु आट गरे : राम्रो राम लाई हेर्दा हेर्दै के थिच्नु पर्ने के थिचेछु अनि एड गरेकी यति राम्रो मान्छेलाई कसरी नबोली उडाउनु भनेर्🙈🙈🙈🙈
राम: 😂😂😂 झापाली हौ कि के हो गफ त धेरै लाएउ नि
म:😠😠 छिमेकी चै हो , इलाम हो, ए अनि प्रोफाइल नै नहेरी add गरेको👹 ??
राम: हेरेछु के हेरेछु मिस पोएट अनि रिस त नाक मै छ कि के हो??☹️☹️
उस्को स्याड इमो ले नै नराम्रो लायो फेरि हसाउन भने
: खुब चिन्नु भएछ म कबि हैन कबियत्री हो, केटि नि चिन्नु हुन्न कि के हो??🤣🤣
राम: खै कुन्नी त के हो प्रमाण देखेको छैन बा केटा हो कि😋😋
उस्को रिप्लाई ले खै कता कता काउकुती लगायो🙈🙈🙉
यसरि हाम्रो कहानी सुरु भयो
उ पेसाले इन्जिनियर रुम बसेर जब गर्दै😶 अहिले अफिस छुट्टि भएर दिक्क भै सके😏 दिनको दुइ चोटी त सुनाउथियो नै मलाई यहि😵😵 यता म नि उस्तै कलेज पनि बन्द केहि महिना अगि मात्र थालेको job, school पनि बन्द समय कटाउने राम्रो बाटो बनेको थिम एक अर्को को
टिकटक, युटुब , फेसबुक सबै बन्द भए मेरा, थियो त केवल म्यासेन्जर अनि राम😍😍 निदाएको बेला बाहेक प्राय जति बेलै हामी सङ्गै हुन्थेम च्याटमा,फोनमा अनि बिस्तारै भिडियो कलमा 😗😗😗 उस्ले मलाई आफ्नो मन पर्ने मन नपर्ने खाना देखी लिएर सबै सबै सुनाउन भ्याइसकेको थियो अनि सुन्न पनि 😊😊 यहा सम्म कि virginity, sex, porn सबै सबैका कुरा🤔🤔🤔 आफ्नो दुइ चोटी ब्रेकअप भएको नि सुनाइ भ्याएको थियो उस्ले 🤨 लकडाउनको 9 औं दिन, बिहान उठेर यसो फोन तानेर हेर्दा म्यासेज आको रैछ
बुडो😘 (रामको निकनेम सेट गरेको): सानु, मामा लिन आउनु भएछ कसोकसो गरेर😐️😐️ गारो हुन्छ या हिड भन्नु भो सो म मामाको मा गको,उता फोनमा बोल्न मिल्दैन but i do msg है मेरो बुडि अनि i miss u alot mero bachchaa muuhhaa😘😘
म्यासेज पढे पछि मन भारि भयो कतै टाढै गयो उ सोचे फेरि के भो त कुरा भै हाल्छ नि म्यासेजमा सोच्दै म्यासेज पठाए good morning maya miss u much more budo😭😭
अब हाम्रो कुरा म्यासेजमा मात्र हुन थाल्यो तै पनि कुरा भने भै नै राख्यो दुइ दिन यसै बिते उस्ले सुनाउदै थियो: मामा काहा भाउजुको बैनी आकि रैछे she is so sexy and hot छोटा छोटा कट्टु मात्र लाएर हिड्छे यो, मलाई तिम्ले भिडियो कलमा देखाएका तिम्रा sexy legs खुब याद आइ रैछ बुडि i miss u very badly mero bachchaa😭
रिस उठ्यो भन्न धेरै मन थियो तर यति भनी दिए : मेरो पनि याद आयो कि मेरो जिउको मात्र 😠😠😠
रिसले चुर हुदै अफलाइन भैदिए उस्का म्यासेज टिङ्ग टिङ्ग गर्दै थिए😣😣😣
सायद हामी धेरै अघि बडि सकेको थिम र त मलाई जलन हुन्थ्यो रिस उठ्थ्यो यस्ता कुराबाट 😪😪 उ भन्ने गर्थ्यो लकडाउन खुलोस मात्र म मेरो बच्चालाई यत्रो भुडी भकि मेरि बुडि बनाउछु😊😊 म नि हस भन्दै नाम के राख्ने नि सम्म सोध्न भ्याउथे 🤔🤔🤔
माया न भको थियो उ सङ्ग धेरै बेर रिसाएर बस्न नै नसक्ने यसो अनलाइन गको उसैको म्यासेजले भरिएको रैछ के के हो के के : झन बुडि भनेर सब सेयर गरछु, उस्लाई नभने कस्लाई भन्नु हो? फेरि चाट्दै गा छु र त्यस्लाई??😡😡
हो जस्तो पनि लायो म्यासेज लेखे : sorry budo 😭 i love you😘😘
अनि फेरि त सुरु भै हाल्यो भुडी बोक्ने र बोकाउने कुरा😋
सानु म बिजि छु भाउजुलाई किचेनमा सगाउदै छु के, बुडि म तास खेल्दैछु सबै सङ्ग, बुडि म ludo खैल्दैछु है, यस्तै यस्तै म्यासेज आउने गर्छ उता बाट अचेल सोच्छु आफन्तका छ, होला पनि त बिजि अनि जब अन आउछ फेरि कुरा उसै hot and sexy को दिक्क लाग्छ रिस नि उठ्छ फेरि केहि भन्न नि मन लाउन्न आखिर उस्ले मलाई नसुनाए कस्लाई सुनाओस 🙁🙁

आज लकडाउनको ११ औं दिन उस्को हिजै राती को म्यासेज बाहेक केहि अत्तो पत्तो छैन😕😕😕😕 म्यासेज पठाए: कता हराको हौ माया?? नाइ,केहि रिप्लाई आएन यस्ता कति म्यासेज गरे केहि केहि को रिप्लाई आएन म्यासेज भने डेलिभर भै रह्यो💔💔💔💔 रात पर्यो अब भने मन थामी नसक्नु भयो जे परोस परोस हे फोन गर्छु फोन लगाए फोन काटी दियो अनि म्यासेज एक थान छाडा शब्दका साथ: फोन नगर भन्या हैन त ……. लाई😠 यत्ती आयो यत्तीले कत्ती के के ल्यायो ल्यायो 😭😭😭 रुन मन लायो रिस पनि खुबै उठ्यो🙄🙄 उस्को id लाई ignore msg मा राख्दिए अनि हजार कुराहरुका साथ पल्टिए कति बेला निदाए पत्तो पाइन😫😫
बिहान पनि छिटै निन्द्रा खुल्यो हत्तपत्त फोन ताने म्यासेन्जरको spam मा गएर हेरे केहि म्यासेज त होला भनेर🤔🤔 उस्को म्यासेज खोल्दा एक चोटी मुटु मुखमा आयो😵😵😵😵😵😵😵😵
म्यासेन्जर ले देखाउदै थियो you can’t reply anymore to this conversation 💔💔💔💔 अब के चाहियो र 😭😭😭 भर्खरै भएको बिहान पनि अध्यारो लाग्न थाल्यो, कता कता टोलाउन थाले कता😣😣 आमाले चिया सेलायो जिया भने पछि झसङ्ग भए😭😭
लौन के भो यो केटिलाई अनुहारको रङ्ग नै उडेको छ त सन्चो भएन कि के हो ?? किन कै बोल्दिन यो केटि जिया ए जिया !!😖😖 आमाको बोलिले आखाबाट तुरुक्क आशु खसालि दियो सोचे कति छिटो पढ्छेउ है आमा 😢😢😢 लौन रुन पो थाली के भो ए केटि?? आमा आतिन थालेको देखेर के भन्नु के भयो, कस्तो आफै मरेको सपना देखे आमा भन्दै अङ्गालो हालेर रुन थाले😭😭😭
धत तेरि कस्तो सातो लगेकी के के न भएछ सोचेको सपना हो जाबो,आयु बढछ अझ पिर नलि ला चिया खा❤️❤️
आमाको अघि सम्हालिदै चिया पिए र काममा बरालिन खोजे के सक्न्थियो यति सजिलै उस्का यादहरुलाई Block गर्न😰😰😰 अनेक कुरा याद आउन थाले एक पछि अर्को, कुराको अन्त्य त्यही हुन थाल्यो आखिर किन??🤔🤔

लकडाउनको १२ औं दिन र १३ औं दिन उसैको यादमा बिते आफुले आफुलाई कमजोर पाउन थाले, यो पनि था पाउदै थिए कि यसरि त हुन्न जिन्दगी💔💔 फेरि आफु दुखी भको देखेर आमा पनि दुख्ने कुरा बुझ्दै थिए १३ औं दिनको राती उसलाई फोन लगाए सायद अन्तिम पल्ट☹️☹️ मात्र जान्न आखिर किन?? फोन लाग्यो फोन वाली दिदिले कोरोनाबाट बच्ने उपाय भनी रहिन,उस्ले भने फोन उठाएन अब मलाई उस्का यादहरु बाट बच्न कसरी र कस्ले भनिदियोस??😔😔😔😔😓😓😓
उस्को नम्बर डिलिट गर्दिए सोचे मैले नि उस्को १३ औं दिन बाट उस्का यादहरुको काम सक्नु पर्छ शुरु गर्न पर्छ निरोगी जिवन अनि यो नि सोच्न भ्याए जे भयो राम्रो भयो अखिर😣😣😣😣 के भो र अहिले त उस्का याद बाहेक अरु केहि त छोडिएन म सङ्ग उस्को 🤔🤔के हुदो हो यदि उस्ले भने जस्तो ठुलो भुडी भकि म उस्कि हु भन्न नसक्ने बुडि एक्लै छोडिदा ???🤐🤐🤐

(जे हुन्छ राम्रैको लागि हुन्छ सोच्न सके पक्कै जिवन राम्रो हुनेछ्😍😍)

One thought on “कथा : क्वारेन्टाइन लभ – विद्या आचार्य (नोरा )

  • April 8, 2020 at 8:49 pm
    Permalink

    १३ दिनको कथा राम्रो लाग्यो । छोटोमा कथामा अहिलेको युवाहरूको Relation लाई हेर्ने र यसका उतारचढावलाई समेट्न खोजिएको छ। जसको अन्त्य १३ औ दिनका दिन , जे हुन्छ राम्रो कै लागी हुन्छ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *