आजबाट गाडी चल्न दिने र १ असारबाट जहाज नै उडाउन दिने निर्णयका लागि मन्त्रिपरिषद बैठक

काठमाडौ । आजबाट निश्चित क्षेत्र तोकेर गाडी चल्न दिने र १ असारबाट पसल–व्यवसाय खोल्न दिने सहितको नयाँ लकडाउँन ढाँचा लागू गर्ने निर्णयका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । आजै साँझ मन्त्रिपरिषद बैठक बसेर यो निर्णय लिन आँटिएको एक मन्त्रीले बताए । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उद्योग व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा तयार भएको मस्यौदा आज मन्त्रिपरिषदमा जाँदैछ । मन्त्रिपरिषदको बैठक आजै बस्दैछ । बैठकले पारित गरेसँगै यो प्रस्ताव लागू हुनेछ ।

सरकारले लकडाउन खुकुलो बनाउँदै लाने नीति अनुरुप प्रस्ताव तयार गर्न यसअघिको मन्त्रिपरिषद बैठकले समितिलाई अधिकार दिएको थियो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको यो समितिले विज्ञहरुसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग राय लिएर नै यो प्रस्ताव तयार गरेका छन् । यसैले यो प्रस्ताव आजै पारित हुने एक मन्त्रीले बताए । प्रस्ताव अनुसार मिति तय गरी विभिन्न चरणमा भिन्न क्षेत्रका सेवाहरु सञ्चालनको अनुमति दिने भएको छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले भौतिक दुरी कायम राखी आवश्यक सरसफाइको प्रोटोकल पालना गरी जेठ २५ बाट नै जिल्ला नकट्नेगरी सवारी साधन सञ्चालनको प्रस्ताव गरेको छ । काठमाडौं उपत्यकामा भने सवारी साधन तीन जिल्लामा सञ्चालन हुन पाउनेछन् । शुरुमा निजी सवारी साधान आधा सिट क्षमतामा सञ्चालन गर्न दिइनेछ ।

प्रस्तावमा दैनिक उपभोग्य सामाग्रीबाहेक अन्य सामाग्री विक्री हुने पसल तथा डिर्पाटमेन्टल स्टोरहरु, कपाल काट्ने सैलुन, आधामात्र यात्रु एकपटकमा राख्ने गरी छोटो दुरीका यात्रुवाहक सवारी साधनहरु, सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा कार्यालयको कामसँग सम्बन्धित सवारी साधनहरु सञ्चालन गर्न दिइने प्रस्ताव छ । मोटरसाइकलमा एकजना मात्र यात्रा गर्न पाउने उल्लेख छ ।

१ असारबाट धार्मिक स्थलहरु खोल्न दिइनेछ । सबै प्रकारका उद्दोग व्यवसाय, आन्तरिक हवाई सेवा र लामो दुरीका यात्रुवाहक सवारी साधान सञ्चालन गर्न दिइनेछ । यात्रुवाहक सवारी साधनमा क्षमताको आधा सिटमा मात्र यात्रु चढाउन दिइनेछन् । म दि रा ज न्य पद्धार्थ विक्री वितरण गर्ने पसल, सपिङ मल पनि १ असारबाट खोल्न दिने प्रस्ताव छ । तर, कोभिड १९ को जोखिम कम भएका क्षेत्रमा मात्र लकडाउन खुकुलो हुनेछ । जोखिम बढी भएको स्थानलाई शिल्ड गरी लकडाउन गरिने प्रस्तावमा उल्लेख छ । जहाँ अझै कडा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *