कोरोनाबाट नेपालबाहेक विश्वभर १२५ नेपालीको ज्यान गयो

काठमाडौं, २५ जेठ । कोरोना संक्रमणका कारण नेपालबाहिर १२५ जना नेपालीहरूको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले दिएको जानकारीअनुसार शनिबार साँझसम्म कोरोनाबाट १२५ जनाले ज्यान गुमाएका हुन् ।

एनआरएनएका अनुसार विदेशमा नेपालीहरूको मृत्यु र संक्रमणको दर उल्लेख्य रूपमा कमी आएको र संक्रमण दर गत साताभन्दा ७५ प्रतिशतले कमी भएको छ । यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने पाँच हजार पाँच सय ९० जना संक्रमणमुक्त भएका छन्

एनआरएनएका स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सो साता कतारमा चार जना, कुवेतमा एक जना, युकेमा एक जना गरी छ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् भने विश्वका ३४ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१३ देशमा रहेका नेपालीहरूको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्याण्डस्, र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक डा.सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार चार सय ५४ जना नेपालीमा संक्रमण गैर आवासीय नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *